गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने • Nepal's Trusted Digital Newspaperगायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।
भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् ।

गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका