लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने • Nepal's Trusted Digital Newspaperलोसपाले एमसीसीको पक्षमा मतदान गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिनिधिसभामा १३ जना सांसद रहेको लोसपाले विकासका लागि ल्याइएको परियोजनामा आफूहरू समर्थन रहने निर्णय गरेको हो ।

सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो । यससँगै बिहीबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ ।

बिहीबारको प्रतिनिधि सभामा एमसीसीमाथि बहस सुरु हुने छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका