विभिन्न देशका अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ • Nepal's Trusted Digital Newspaperविभिन्न देशका अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विभिन्न देशका अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विभिन्न देशका अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
विभिन्न देशका अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं। प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय भारतीय नागरिक शतिश परसोत्तम सजनानी रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका शतिशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।

प्रहरीले शतिशको झोलाबाट अमेरिकी डलर २० हजार १५०, नेपाली रुपैयाँ ३१ हजार ६००, इंगल्याण्ड पाउण्ड ५, जर्जिया लरी ५०, भारतीय रुपैयाँ १००, यूइई दिराम १ हजार ३५५लगायतका मुद्रा बरामद गरेको छ । पक्राउ परेका शतिशलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका