नेष्डो समृद्ध लघुवित्तको आईपीओका लागि आवेदन खुल्यो • Nepal's Trusted Digital Newspaperनेष्डो समृद्ध लघुवित्तको आईपीओका लागि आवेदन खुल्यो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेष्डो समृद्ध लघुवित्तको आईपीओका लागि आवेदन खुल्यो

नेष्डो समृद्ध लघुवित्तको आईपीओका लागि आवेदन खुल्यो

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
नेष्डो समृद्ध लघुवित्तको आईपीओका लागि आवेदन खुल्यो

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला भएको हाे ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका