नेपाल टी–२० विश्वकपमा छनोट हुन असफल • Nepal's Trusted Digital Newspaperनेपाल टी–२० विश्वकपमा छनोट हुन असफल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल टी–२० विश्वकपमा छनोट हुन असफल

नेपाल टी–२० विश्वकपमा छनोट हुन असफल

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
नेपाल टी–२० विश्वकपमा छनोट हुन असफल

काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८।४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।

ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगेको नेपाल युएईविरुद्ध निरीह बन्दा विश्वकप छनोटको नजिक पुगेर पुनः विश्वकप खेल्नबाट वञ्चित भएको हो । नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

नेपाललाई हराउँदै युएई सन् २०२२ को अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट भएको छ । मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्ड पनि विश्वकपका लागि छनोट भएको छ । आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान १८।३ ओभरमा १०९ रनमा अलआउट भयो । ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

समूह चरणको तीनै खेलमा नेपालले विपक्षीलाई सस्तैमा समेटेको थियो । पहिलो खेलमा ओमानलाई ३९ रन, दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रन र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपालले सेमिफाइनलमा युएईविरुद्ध प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिन सकेन ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका