जयनन्द लामाको निधन,घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत फेला • Nepal's Trusted Digital Newspaperजयनन्द लामाको निधन,घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जयनन्द लामाको निधन,घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत फेला

जयनन्द लामाको निधन,घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत फेला

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
जयनन्द लामाको निधन,घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत फेला

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभएकाे हाे ।

श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएकाे  थियाे ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उहाँ बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध जानुभएकाे थियाे ।

आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला पर्नुभएकाे थियाे । डिएसपी पाण्डेले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका