लमजुङमा बाँझखेत केन्द्रविन्दु बनाएर गयाे ३/२ रेक्टर भूकम्प • Nepal's Trusted Digital Newspaperलमजुङमा बाँझखेत केन्द्रविन्दु बनाएर गयाे ३/२ रेक्टर भूकम्प • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लमजुङमा बाँझखेत केन्द्रविन्दु बनाएर गयाे ३/२ रेक्टर भूकम्प

लमजुङमा बाँझखेत केन्द्रविन्दु बनाएर गयाे ३/२ रेक्टर भूकम्प

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन १०, २०७८
लमजुङमा बाँझखेत केन्द्रविन्दु बनाएर गयाे ३/२ रेक्टर भूकम्प

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्ने पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका १० बाँझखेत केन्द्रविन्दु बनाएर ३ /२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो ।

यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ । जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु ३।२ रेक्टर स्केलकै भूकम्प गएको थियो ।

त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका १ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका