आजकाे माैसम:- पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, हिमाली भू-भागमा हल्का हिमपात • Nepal's Trusted Digital Newspaperआजकाे माैसम:- पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, हिमाली भू-भागमा हल्का हिमपात • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे माैसम:- पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, हिमाली भू-भागमा हल्का हिमपात

आजकाे माैसम:- पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, हिमाली भू-भागमा हल्का हिमपात

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन १०, २०७८
आजकाे माैसम:- पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, हिमाली भू-भागमा हल्का हिमपात

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश नं १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज रातिमा देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका