सूचना प्रविधिमा याे साता :- गुगल म्याप्स,@को प्रयोग, मूल्यवान कम्पनी एप्पलका सीईओ कुकको तलबसम्म • Nepal's Trusted Digital Newspaperसूचना प्रविधिमा याे साता :- गुगल म्याप्स,@को प्रयोग, मूल्यवान कम्पनी एप्पलका सीईओ कुकको तलबसम्म • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सूचना प्रविधिमा याे साता :- गुगल म्याप्स,@को प्रयोग, मूल्यवान कम्पनी एप्पलका सीईओ कुकको तलबसम्म

सूचना प्रविधिमा याे साता :- गुगल म्याप्स,@को प्रयोग, मूल्यवान कम्पनी एप्पलका सीईओ कुकको तलबसम्म

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन १०, २०७८
सूचना प्रविधिमा याे साता :- गुगल म्याप्स,@को प्रयोग, मूल्यवान कम्पनी एप्पलका सीईओ कुकको तलबसम्म

सूचना प्रविधिको वर्तमान युगमा  गुगलको लोकप्रिय एपको रुपमा रहेको गुगल म्याप्स पनि निकै उपयोगी एपको रुपमा रहेको छ । यो एपको मद्दतले संसारको जुनसुकै ठाउँमा गएर बाटो पत्ता लगाउन सकिनेछ । तर गुगल म्याप्स प्रयोग गर्नका लागि तपाईंको डिभाइसमा इन्टरनेट कनेक्सन हुनु आवश्यक छ । इन्टरनेट विना पनि गुगल म्याप्स चलाउन सकिने छ । इन्टरनेट विना नै गुगल म्याप्स प्रयोग गर्न सकिने यो फिचर कुनै नयाँ फिचर होइन । वास्तवमा गुगल म्याप्सले अफलाइन म्याप्सको सुविधा दिन्छ । यस्तो गर्नका लागि  गुगल म्याप्स एपमा म्यापलाई पहिले नै सेभ गर्नुपर्ने हुन्छ र त्यसो गरिसकेपछि  इन्टरनेट विनै यो म्याप्स आफ्नो गन्तव्य जाने बाटो पत्ता लगाउन सकिने छ ।

यसका लागि  सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा गुगल म्याप्स एप खोल्नुपर्नेछ । एपको होमस्क्रिनमा सबैभन्दा माथि दायाँपट्टि रहेको आफ्नो प्रोफाइल आइकनमा क्लिक गर्नुपर्छ । त्यहाँ अफलाइन म्याप्सको अप्सन देखा पर्दछ ।  उक्त अप्सन छनोट गरेसँगै स्क्रिनमा आफू कहाँबाट कहाँ जानुपर्ने हो भन्ने दुवै ठाउँको जानकारी हाल्नुपर्छ । त्यसपछि डाउनलोड अप्सनमा ट्याप गरेपछि  गुगल म्याप डाउनलोड हुन्छ । गुगल म्याप्समा यसरी डाउनलोड भएको नक्सा केही दिनका लागि मात्र रहन्छ र केही दिनपछि आफैं हट्दछ । त्यसैले तपाईंले अपडेट गर्नुपर्ने हुन्छ ।

google

कहिलेकाहीँ यस्तो हुन्छ कि कतिपय खोज तथा आविष्कारहरु गलत समयमा हुन्छन् । उदाहरणका लागि टिन ओपनर, जुन टिन बन्नुभन्दा ५० वर्ष अगाडि नै बनेको थियो ।

स्मरण रहोस् पहिलो फ्याक्स मेसिन सन् १८४३ मा बनाइएको थियो । @ को आविष्कार चाहिं आजभन्दा ५ सताब्दी अगाडि नै भएको हो । तर त्यतिबेला न त @ जोडेर कसैलाई ट्याग गर्ने चलन थियो न त कसैलाई खुसी वा रिस उठाउनका लागि @ को प्रयोग हुन्थ्यो ।

हामीलाई के थाहा छ भने @ को पहिलो प्रयोग सायद इमेलसँग भयो होला । तर यसको प्रयोग सन् १५३६ मै भएको हो । तर त्यस समय यो चिन्हको प्रयोग राजा हेनरी अष्टमलाई ट्याग गर्नका लागि कसैले गर्दैनथे । सुरुवातमा @ को प्रयोग कुनै सामानको मूल्य प्रति एकाइ जनाउनका लागि गरिएको थियो ।
a@

संसारको सबैभन्दा मूल्यवान कम्पनी एप्पलका सीईओ टिम कुकले एक वर्षमा तलब, भत्ता, सुविधा, बोनस आदि गरेर कम्पनीबाट कति रकम हात पार्दछन् होला ?

३० खर्ब डलर मूल्य भएको विश्वकै एकमात्र कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता चानचुने हुने त कुरै भएन । वास्तवमा त्यो अर्बको संख्यामा छ ।

हो, एप्पल सीईओ टिम कुकले बितेको वर्ष सन् २०२१ मा कम्पनीबाट कूल ९ करोड ८७ लाख डलर अर्थात् करीब ११ अर्ब ८५ करोड रुपैयाँ आर्जन गर्नुभएकाे छ । सन् २०२० मा १ करोड ४८ लाख डलर हात पारेका कुकको तलब भत्ता तथा सुविधाको रकम २०२१ मा आकासिएको हो ।

रिपोर्ट अनुसार कुकले गत वर्ष एप्पल कम्पनीबाट वार्षिक तलब स्वरुप ३० लाख डलर अर्थात् झण्डै ३२ करोड रुपैयाँ बुझ्नुभयाे । त्यस्तै उहाँले कम्पनीबाट शेयर अवार्डको रुपमा ८ करोड २३ लाख डलर अर्थात् झण्डै १० अर्ब रुपैयाँ बराबरको शेयर प्राप्त गर्नुभयाे । त्यसबाहेक टिम कुकले कम्पनीको वित्तिय लक्ष्य पूरा गरेबापत थप १ करोड २० लाख डलर अर्थात् झण्डै डेढ अर्ब रकम हात पार्नुभयाे ।

त्यसबाहेक गतवर्ष एप्पललाई कम्पनीले हवाई यात्रा खर्च, बिमा प्रिमियम लगायतका विभिन्न शीर्षकमा गरी थप १४ लाख डलर रकम भुक्तानी गरेको थियो । यी सबै रकम जोड्दा सन् २०२१ मा टिम कुकले एप्पल कम्पनीबाट नगद र शेयरमा गरी कूल ९ करोड ८७ लाख डलर प्राप्त गर्नुभयाे ।

कम्पनीको नियमानुसार टिम कुकले गत वर्ष एप्पलको ३ लाख ३३ हजार ९८७ कित्ता शेयर पुरस्कार स्वरुप प्राप्त गर्नुभयाे । रिपोर्ट अनुसार सीईओ टिम कुकको एप्पल कम्पनीको वार्षिक आम्दानी त्यहाँको एउटा तल्लो स्तरको कर्मचारीको औसत आम्दानीको १४ सय ४७ गुणा धेरै हो ।

उता सीईओ टिम कुकको अस्वभाविक तलब भत्ता तथा सुविधा र इक्विटी अवार्डको रुपमा ठूलो शेयर हिस्सा प्रदान गरिएको विषय आलोचित समेत बनेको छ । परामर्शदातृ कम्पनी इन्स्टिच्युसनल शेयरहोल्डर सर्भिसेसले सिइयोको तलबभत्ता तथा सुविधाको विरुद्धमा मतदान गर्न एप्पल कम्पनीका शेयर लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।

apple ceo

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका