निरञ्जन कोइरालालाई २०७८ विज्ञान तथा प्रविधि युवा पुरस्कार प्रदान गरिने • Nepal's Trusted Digital Newspaperनिरञ्जन कोइरालालाई २०७८ विज्ञान तथा प्रविधि युवा पुरस्कार प्रदान गरिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निरञ्जन कोइरालालाई २०७८ विज्ञान तथा प्रविधि युवा पुरस्कार प्रदान गरिने

निरञ्जन कोइरालालाई २०७८ विज्ञान तथा प्रविधि युवा पुरस्कार प्रदान गरिने

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ९, २०७८
निरञ्जन कोइरालालाई २०७८ विज्ञान तथा प्रविधि युवा पुरस्कार प्रदान गरिने

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, ९ फागुन । नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालय, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा प्रत्येक वर्ष प्रदान गरिने विज्ञान प्रविधि युवा पुरस्कार वर्ष २०७८ को लागी पोखरा-९ निवासी उदयमान वैज्ञानिक डा. निरञ्जन कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ ।

अनुसन्धानकर्ता डा. कोइरालाले भारतबाट बायोटेक्नोलोजीमा स्नातकोत्तर, दक्षिण कोरियाबाट फर्मास्युटिकल्स बायोकेमिष्ट्रिमा पीएच.डी. र मेक्सिको र मकाउ, चीनबाट माइक्रोबियल बायोटेक्नोलोजीमा पोस्टडक्टोरल फेलोसीप अध्ययन गर्नुभएको हो । राष्ट्रपतिबाट नेपाल विद्याभूषण “ए” पुरस्कार प्राप्त गर्नु भैसकेका डा. कोइरालाको एक दशक भन्दा बढी अनुसन्धान अनुभवबाट ५० औ भन्दा बढी जर्नल कृति प्रकाशन भइसकेका छन्, त्यस्तै उहाँले ४० भन्दा बढी जर्नल, सय भन्दा बढी कृतिहरुको समीक्षा गर्नु भएको छ । १० देशमा ३० भन्दा बढी सम्मेलनमा प्रस्तुति दिसक्नुभएका काेइरालाका कयौ समीक्षा र लेखहरू प्रकाशित भइसकेका छन् ।

260384500 246619427668310 5085772216193759593 nडा. कोइरालाको प्रमुख अनुसन्धान रुचि सूक्ष्मजीव र जडिबुटी बिरुवाहरुबाट प्राकृतिक उत्पादन औषधि खोज हो र हालसम्म उहाँले ३० भन्दा बढी औषधिजन्य बिरुवाहरुमा अनुसन्धान गरिसक्नुभएकाे छ ।

सरल स्वभाव, मिठो बोली, सकरात्मक सोच, प्रेरणा दिने एवम आफ्नो ख्याल गर्नेले आफू उहाँप्रति आकर्षित भएको उहाँका एक शास्त्रका विधार्थी श्याम गैरेले वताउनुभयाे । यस अभिमानी युगमा पनि विधार्थीहरुसंग तरङ्ग रंगेलीको भूमिका निर्वाह गर्दै आफ्नो स्वाभिमानमा व्यक्ति विरलै पाईने अर्का माइक्रोबायोलोजी कि विद्यार्थी जेनिशा आर्चायले बताउनुभयाे ।

डा. कोइरालाले नेपाललाई अनुसन्धानको क्षेत्रवाट विश्वमानचित्रमा नेपाल भित्र हिमाल, पहाड र तराईमा रहेका उच्च कोटीका जडिबुटी तथा बनस्पतिहरुको रसायनिक र जैविक परिक्षण गरि राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा परिचित गराउन आफू लागीपर्ने जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका