नेपाली कांग्रेस ६ बैदामको कुष्ण प्रसाद भट्टराई टोल सभापतिमा इमनाथ जैसि चयन • Nepal's Trusted Digital Newspaperनेपाली कांग्रेस ६ बैदामको कुष्ण प्रसाद भट्टराई टोल सभापतिमा इमनाथ जैसि चयन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली कांग्रेस ६ बैदामको कुष्ण प्रसाद भट्टराई टोल सभापतिमा इमनाथ जैसि चयन

नेपाली कांग्रेस ६ बैदामको कुष्ण प्रसाद भट्टराई टोल सभापतिमा इमनाथ जैसि चयन

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ९, २०७८
नेपाली कांग्रेस ६ बैदामको कुष्ण प्रसाद भट्टराई टोल सभापतिमा  इमनाथ जैसि चयन

गणेश पहारी,  पोखरा । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. ६ स्थित कुष्ण प्रसाद भट्टराइ टोल समितिको सभापतिमा इमनाथ जैसि (देवकोटा) चयन हुनुभएकाे छ । टोल समितिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट जैसि सर्वसम्मत सभापतिमा चयन हनुभएकाे हाे ।

नवनिर्वाचित सभापति जैसिले टोल भित्रका सबै कांग्रेसीहरुलाई गोलवन्द गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएकाे थियाे । उहाँले अग्रजहरुकाे सल्लाह सुझाबलाई आत्मसाथ गर्दै अगाडी बढ्ने स्पष्ट पार्नुभएकाे थियाे ।

टोलको उपसभापतिमा सावित्रि तिमिल्सीना र डिकी कार्की सचिवमा राजु बराल, कोषाध्यक्षमा सुवास पहारी र सहसचिवमा राधा कोइराला चयन हुनुभएकाे छ । यसैगरी टोल समितिको कार्यसमिति सदस्यमा चन्द्र बास्तोला पहारी, संगिता शर्मा पौडेल, शोभा जलारी र अनिल पहारी रहनुभहेकाे छ ।

बैदाम क्षेत्रमा रहेका हल्लनचोक, गैराको चौतारा, खहरे क्यामपिन चोक र नहर मार्गलाई गोलबद्ध गरि टोललाई कुष्ण प्रसाद भट्टराइ टोल समिति नामाकरण गरिएको सचिब प्रकाश न्यौपाने जानकारी गराउनु भयाे । शनिबार नै इकाई ६ बैदामले प्रजातन्त्र दिवसको अवसरमा दिपप्रज्वन सहित टोलमा रहेका जेष्ठ नागरिक सदस्यहरुलाई दोसला ओढाइ सम्मान गरेको थियो ।

यो सँग पोखरा ६ मा नेपाली काँग्रेसको टोल कार्यसमितिको संख्या ५ पुगेको छ । एक देखी पाचँ सम्म गठन गरिएको टोललाइ क्रमश विपि कोइराला, गणेशमान सिहं, सुवर्ण शम्सेर, गिरीजा प्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराई टोल नामाकरण गरिएको इकाई सभापति सन्तोष पौडेलले जानकारी दिनुभएकाे छ ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस कास्की कार्यसमितिका सभापति किशोर दत्त बरालले ले पार्टीको सबैभन्दा महत्वपूर्ण मेरुदण्ड टोल समिति भएको बताउनुभयाे । उहाँले कुनै पनि ब्यत्तिले भाषण गर्दैँमा र मञ्चमा बस्दैमा नेता नहुने बताउदै, नेता हुन अनुशासन,
नैतिकतावान, इमानदार र आचरण ठिक भएको ब्यत्ति मात्र नेता हुने हुँदा कार्यकर्ताहरुलाई अनुशासित र इमान्दार हुन जोड दिनुभएकाे थियाे । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन नवगठित टोलकार्यसमितिलाई निर्देशन दिनुभएकाे थियाे ।

कास्की काँग्रेस का स.सचिब तथा प्रतिनिधि शंकर ढुङ्गानाले नेपाली काङ्ग्रेसको हालको नितिनै पार्टी मजबुद बनाउने रहेकाकाले संगठनलाई सकृय बनाउने योजना रहेको बताउनुभयाे । आगामि बैशाख ३०  गते हुने स्थानिय चुनाब को तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने,जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने उहाँको  भनाई थियो ।

नेपाली काङ्ग्रेस पोखरा महानगर पालिका ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै तह सक्रिय हुनुपर्ने बताउनुभयाे । टोल सभापति गु्रुदत्त पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रतिनिधि तथा पूर्व सभापति दिपक बिर कुवँर, पूर्व सभापति तथा सल्लाहकार नेत्रपाणी न्यौपाने, प्रदेश प्रतिनिधि प्रभा पौडेल सुवेदी, जनप्रिय क्याम्पस नेवि संघ उपसभापति आदित्य देवकोटा, टोल संयोजक गुरु दत्त कोइराला र रुपनारायण सिग्देल लगाएतका बक्ताहरुले कांग्रेसको विभिन्न तहका समितिहरुले विधान अनुसार विभिन्न विभाग र समितिहरु समयमै गठन गर्न र नियमित बैठक गरेर समयानुकूल निर्णय गर्नुपर्ने खाँचों औल्याउनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका