‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? :-झलनाथ खनाल • Nepal's Trusted Digital Newspaper‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? :-झलनाथ खनाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? :-झलनाथ खनाल

‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? :-झलनाथ खनाल

  • समाचारपाटी
  • आइतवार, फाल्गुन ८, २०७८
‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? :-झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गर्नुभएकाे छ ।

उहाँले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताउनुभएकाे छ ।

‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा  ? संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’ खनालले भन्नुभयाे, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ ? यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका