प्रतिनिधि सभाको बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaperप्रतिनिधि सभाको बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन ६, २०७८
प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, ६ फागुन। प्रतिनिधि सभाको बैठक आज बस्दै छ  बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन ।

सहमतिको प्रयासमा आज बिहान दश बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका