काठमान्डाैँ, ५ माघ । हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसारआज दिनभर प्रदेश १ को पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भू भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ को पहाडी भु भागको एक दुई स्थानहरुमा छिटपुट देखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीमा भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।