बालाजुमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु, चालक फरार • Nepal's Trusted Digital Newspaperबालाजुमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु, चालक फरार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बालाजुमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु, चालक फरार

बालाजुमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु, चालक फरार

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ४, २०७८
बालाजुमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु, चालक फरार

 

काठमाडौंको बालाजुमा बुधबार बिहान ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

बुधबार बिहान ७ बजे ना ७ त ३८९९ नम्बरको ट्याक्टरमा सवार रहेका उनी अचानक खस्दा सोही ट्याक्टरको चक्काले किचेको हो ।

ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी बृत्त बालाजुले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका