आकाश सेढाई पक्राउ परे • Nepal's Trusted Digital Newspaperआकाश सेढाई पक्राउ परे • Nepal's Trusted Digital Newspaper

आकाश सेढाई पक्राउ परे

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ४, २०७८
आकाश सेढाई पक्राउ परे

प्र्याकंस्टर आकाश सेढाई पक्राउ परेका छन् । प्र्याकंको नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक हैरानी दिएको भन्दै उजुरी परेपछि उनलाई मंगलबार नियन्त्रणमा लिइएको साइबर ब्यूरोले जनाएको छ ।

झापा घर भई हाल काठमाडौं कौशलटार बस्दै आएका आकाशले युट्युवमा लामो समयदेखि ‘नेपाली प्र्यांकस्टर’ नामको युट्युव च्यानलबाट प्र्याकं भिडिओ बनाउने गरेका थिए । सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी प्र्याकंको नाममा सर्वसाधारण व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरी सोको गोप्य भिडिओ तयार गरी युट्युव च्यानलमा राख्ने गरेकाले उनलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेकोले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार उनीमाथि सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका