प्रर्दशनकारीलाई एमसीसीको विरोध गर्न ठाउँ पाउनै धौ–धौ, माइतीघरदेखि बानेश्वरसम्म आज सात वटा कार्यक्रम • Nepal's Trusted Digital Newspaperप्रर्दशनकारीलाई एमसीसीको विरोध गर्न ठाउँ पाउनै धौ–धौ, माइतीघरदेखि बानेश्वरसम्म आज सात वटा कार्यक्रम • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रर्दशनकारीलाई एमसीसीको विरोध गर्न ठाउँ पाउनै धौ–धौ, माइतीघरदेखि बानेश्वरसम्म आज सात वटा कार्यक्रम

प्रर्दशनकारीलाई एमसीसीको विरोध गर्न ठाउँ पाउनै धौ–धौ, माइतीघरदेखि बानेश्वरसम्म आज सात वटा कार्यक्रम

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ४, २०७८
प्रर्दशनकारीलाई एमसीसीको विरोध गर्न ठाउँ पाउनै धौ–धौ, माइतीघरदेखि बानेश्वरसम्म आज सात वटा कार्यक्रम

 

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज राजधानी काठमाडौंको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ ।

सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भवना बढेपछि विरोधका कार्यक्रम राखिएका हुन् ।

बिभिन्न राजनीतिक दल, भातृ संगठनहरुले विरोध कार्यक्रमको आयोजना गरेका छन् । विरोध कार्यक्रमका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्ड दिनभरी प्रभावित हुने देखिएको छ ।

एकैदिन धेरै पार्टी तथा भातृ संगठनले विरोधक कार्यक्रम राखेपछि उनीहरुको कार्यक्रमको समय पनि जुधेको छ ।

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी )र वाइसीएल नेपालले यथास्थितिमा एमसीसी टेवल गर्ने कदम बिरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम राखेको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि विहान ११ बजे विरोध कार्यक्रम गरिने अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएलले जनाएका छन् ।

एमसिसी विरुद्ध जनआन्दोलन २०७८ ले एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगि संसद भवन घेराउ गर्ने कार्यक्रम रोखको छ । यो कार्यक्रम पनि विहान ११ बजे माइतघर मण्डलाबाट सुरु हुने जनाइएको छ ।

पूर्व सुरक्षाकर्मी परिषद र नेपालका लागि नेपाली पार्टीले एमसिसीको विरोधमा मौन जुलुसको आयोजना गरेको छ । मौन जुलुस विहान साढे ११ बजे माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ ।

हाम्रो नेपाल हामी नेपाली अभियानले पनि एमसिसीको विरुद्ध विरोध प्रदर्शन आयोजना गर्दैछ । मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट अभियानले विरोध प्रदर्शन सुरु गर्ने जनाएको छ ।

राप्रपाका भातृसंगठनहरूले एमसिसी विरुद्ध बृहत विरोध प्रदर्शन गर्ने जनाएका छन् । मध्यान्ह १२ बजे बबरमहलमा जम्मा भइ संसदभवन नयाँ बानेश्वरसम्म नारा लगाउँदै जाने उनीहरुको कार्यक्रम छ ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शनको कार्यक्रम राखेको । कार्यक्रम मध्यान्ह १२ बजेत सुरु हुने जनाइएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसीको बिरोधमा संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका