बप्पी रहेनन् • Nepal's Trusted Digital Newspaperबप्पी रहेनन् • Nepal's Trusted Digital Newspaper

बप्पी रहेनन्

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ४, २०७८
बप्पी रहेनन्

प्रसिद्ध भारतीय गायक तथा संगीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । आज लाहिरीको मुम्बईको क्रिटिकेयर अस्पतालमा निधन भएको हो ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, क्रिटिकेयर अस्पतालका निर्देशक डा दीपक नामजोशीले लाहिरीलाई एक महिनादेखि अस्पतालमा भर्ना गरिएको र निकाे भएपछि सोमबार डिस्चार्ज गरिएको बताएका थिए ।

तर, मंगलबार साँझ उनको अवस्था फेरि बिग्रियो र ओएसए (अब्स्ट्रक्टिव स्लीप एपनिया) का कारण उनलाई अस्पताल पुर्‍याइएको थियो । बप्पी दा भनेर चिनिने लाहिरीले ७० को दशकमा बलिउडमा डिस्को र रक संगीतलाई स्थापित गराएका थिए ।

२७ नोभेम्बर १९५२ मा कोलकातामा जन्मेका उनले आफ्नो फरक स्टाइलका कारण फिल्म उद्योगमा छुट्टै पहिचान बनाएका थिए । उनी सधैँ सुनका गहनाले भरिएका संगीतकारका रूपमा चिनिन्थे । उनले आफ्नो सांगीतिक यात्रामा धेरै हिट गीत गाएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका