काठमाडौंबाट २८ जना बन्दकर्ता पक्राउ • Nepal's Trusted Digital Newspaperकाठमाडौंबाट २८ जना बन्दकर्ता पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमाडौंबाट २८ जना बन्दकर्ता पक्राउ

काठमाडौंबाट २८ जना बन्दकर्ता पक्राउ

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ४, २०७८
काठमाडौंबाट २८ जना बन्दकर्ता पक्राउ

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आह्वान गरेको आजको नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ । राजधानी काठमाडौंमा भने सवारी साधन गुडेका छन् ।

सडकमा निजी र सार्वजनिक सवारीसाधन चलेका छन् । पसल, व्यापार–व्यवसाय निर्वाध रूपमा सञ्चालनमा छ । बन्दकर्ताको आंशकामा काठमाडौंका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरिएको छ । महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी सुदीप गिरीका अनुसार राजधानीमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विभिन्न दलहरुले बन्द लगायतका प्रर्दशन गरिरहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका