सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा कति पुग्याे त ताेलामा ? • Nepal's Trusted Digital Newspaperसुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा कति पुग्याे त ताेलामा ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा कति पुग्याे त ताेलामा ?

सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा कति पुग्याे त ताेलामा ?

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन ३, २०७८
सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा कति पुग्याे त ताेलामा ?

काठमाडौं, ३ फागुन । मंगलबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार २०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य तोलामा ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९५ हजार ५ सयमा छापावल र ९५ हजार रुपैयाँमा तेजावी सुनको मूल्य स्थिर थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको जुन सोमबारको तुलनामा २० रुपैयाँले बढी हो । अन्तराष्ट्रिय बजारकै कारण सुनको मूल्यले पुनः उचाई लिएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका