काठमान्डाैँ, ३ फागुन । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी जसरीपनि पास गर्नुपर्ने धारणा राख्नुभएकाे छ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयाे, ‘विकास परियोजना हो। एमसीसीको बारेमा धेरै भ्रम छर्नुपर्दैन। पास गर्नुपर्छ।’
प्रधानमन्त्री देउवाले मंगलबार बिहान नेकपा ‘माओवादी केन्द्र’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राख्नुभएकाे थियाे। त्यसमा प्रचण्ड र नेपाल करिबकरिब सहमत हुनुभएकाे छ।