मेलम्ची मुहानका ठूला ठूला ढुङ्गाहरु हटाउन सिनो हाइड्रोले माग्यो नेपाली सेनाको सहयोग • Nepal's Trusted Digital Newspaperमेलम्ची मुहानका ठूला ठूला ढुङ्गाहरु हटाउन सिनो हाइड्रोले माग्यो नेपाली सेनाको सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मेलम्ची मुहानका ठूला ठूला ढुङ्गाहरु हटाउन सिनो हाइड्रोले माग्यो नेपाली सेनाको सहयोग

मेलम्ची मुहानका ठूला ठूला ढुङ्गाहरु हटाउन सिनो हाइड्रोले माग्यो नेपाली सेनाको सहयोग

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन ३, २०७८
मेलम्ची मुहानका ठूला ठूला ढुङ्गाहरु हटाउन सिनो हाइड्रोले माग्यो नेपाली सेनाको सहयोग

काठमाडौं, ३ फागुन । मेलम्ची खानेपानी आयोजना पर्ने ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्य्रान हटाउने काममा नेपाली सेनासँग पनि सहयोग मागेको छ ।

ठेकदार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो परिचालन भएर काम सुरु गरेलगत्तै साइटमा ठूला ठूला ढुङ्गाहरु भेटिएपछि आयोजनाले सेनासँग सहयोग मागेको हो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रकुमार पन्तका अनुसार ठेकदारसँग उपलब्ध यन्त्र उपकरणले ठूला ढुङ्गा फुटाएर हटाउन सक्ने अवस्था नदेखिएको बताउनुभएकाे छ । ‘निकै ठूला ढुङ्गा भएकाले त्यसलाई फुटाउन विष्फोटक पदार्थ नै चाहिन्छ,’ उहाँले भन्नुभयाे,’त्यसैले सेनासँग हामीले आवश्यक पर्ने विष्फोटक पदार्थ मागेका हौं ।’

वर्षायाममा बाढी र पहिरोका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर नयाँ वर्षसम्ममा काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सेनाको सहयोग अपरिहार्य देखिएको पन्तले बताउनुभयाे । आयोजनाबारे यसअघि असोजमा भएको समन्वय बैठकमा सेनाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।

संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने छ । त्यो खोल्नासाथ सुरुङको मा यसअघि भरिएको पानी बाहिर फाल्न सकिन्छ ।

सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने आयोजनाले बताएको छ । हेडवर्क र डाइभर्सन टनेल तर्फ पनि यसरी नै काम गर्नुपर्नेछ । प्रवक्ता पन्तका अनुसार डाइभर्सन टनलेको मुख भेटिइसकेको छ ।

अम्बाथान अडिटको लम्बाइ २९८ मिटर छ । मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी(बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ ।

अडिटभित्र झन्डै पाँच हजार ४०० घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान छ । उहाँका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ ।

मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ । यसको मर्मत र सुधारका लागि धेरै समय नलाग्ने अनुमान छ ।

सुरुङको मुख खोल्नासाथ सफाइको काम गर्न सकिने आयोजनाको विश्वास छ । मुख्य सुरुङलाई अडिट सुरुङले जोड्ने गर्छ । अहिले अडिट सुरुङ नै सुरुमा नै पूरै नभरिएको हुनसक्ने अनुमान गरिएको छ ।

बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । त्यहाँ झन्डै तीन र चार लाख घनमिटर लेदो रहेको अनुमान छ ।

हेडवर्क्समा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ ।

अहिले पहिलकै जसरी अस्थायी बाँध बनाएर सुरुङमा पानी हाल्ने योजना काम भइरहेको छ । अब मुख्य सुरुङमा पहिले पानी भर्दा २६० लिटर प्रतिसेकेन्डका दरले भरिएको थियो र अहिले पनि त्यही प्रक्रिया अपनाइने आयोजनाले जनाएको छ ।

मेलम्चीमा थुप्रिएको ढुंगामाटो हटाउन सिनाले करिब ३२ करोड रुपैयाँ ठेक्काको भेरिएसनबापत पाएको छ । आयोजनाले मन्त्रिपरिषदबाट ठेक्काको भेरिएसन गर्ने स्वीकृति पाएको थियो ।

पुस मसान्तमा बसेको मन्त्रिपरिषद बैठकले विशेष परिस्थितिको कारण देखाएर मेलम्चीको ठेक्काको अवधि र मूल्य थप्न दिने स्वीकृति दिएको थियो ।

चालु आर्थिक वर्षको बजेट व्यक्तव्यमा सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउनले घोषणा गरेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका