वैज्ञानिकविहीन जुम्लाका चार अनुसन्धान केन्द्र  • Nepal's Trusted Digital Newspaperवैज्ञानिकविहीन जुम्लाका चार अनुसन्धान केन्द्र  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वैज्ञानिकविहीन जुम्लाका चार अनुसन्धान केन्द्र 

वैज्ञानिकविहीन जुम्लाका चार अनुसन्धान केन्द्र 

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन ३, २०७८
वैज्ञानिकविहीन जुम्लाका चार अनुसन्धान केन्द्र 

 

जुम्लाका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन छन् ।  जुम्लाको बागवानी केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान, भेडाबाख्रा अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्रलगायत जुम्लामा सञ्चालिन चारवटा अनुसन्धान केन्द्र वैज्ञानिकविहीन बनेका हुन ।

जुम्लाको बागवानी केन्द्रले बालीहरूमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरूको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना भएको हो  । दक्षजनशक्तिको अभावले नयाँ जातको बिउ अनुसन्धान गरेर किसानसम्म पु¥याउन नसकिएको बागवानी अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमारी गिरीले बताए । उनका अनुसार बागवानी अनुसन्धान केन्द्रमा तीन जना वैज्ञानिकको दरबन्दी छ,  तर एक जना मात्र छन् ।

प्राविधिक अधिकृतको दरबन्दी तीन जनाको छ । तीनै जना प्राविधिक अधिकृत छैनन् ।  अनुसन्धानको लागि आवश्यक जनशक्ति नहुँदा अनुसन्धानका सबै काम रोकिएका छन् । सोचेअनुसारको अनुसन्धानको काम हुन नसकेको प्रमुख गिरीले बताए ।

उनले भने, ‘सरकार अनुसन्धानका लागि केन्द्र खोल्छ तर पर्याप्त दक्ष जनशक्ति पठाउन नसक्दा अनुसन्धान प्रभावकारी हुन सक्दैन । यो बिडम्वना हो । अनुसन्धानको काम ठप्प भएको छ ।’

किसानहरूलाई नयाँ जातको बालीको अनुसन्धान गरेर बिउ उपलब्ध गराउने भन्दै २०२७ सालमा कृषि अनुसन्धान केन्द्र विजयनगरमा स्थापना भएको छ  ।  जग्गा, जनशक्ति र सिँचाइको अभावले गर्दा अनुसन्धानमा असर परेको कृषि अनुसन्धान केन्द्र प्रमुख नारायण मण्डलले बताए  ।

मण्डलका अनुुसार चार जना प्राविधिक अधिकृतमा एक जना आफू मात्र र पाँच जना वैज्ञानिकको दरबन्दी रिक्त छ । प्रमुख मण्डलले भने, ‘दक्ष जनशक्ति वैज्ञानिक नहुँदा नयाँ जातको बालीमा अनुसन्धान हुन सकेको छैन । किसानलाई सिफारीस गर्न सकिएको छैन । अनुसन्धानको लागि प्रर्याप्त जमिन नहुँदा दक्ष कर्मचारी आउन समेत मान्दैनन् । ’

भेडा बाख्रा अनुुसन्धान कार्यक्रम २०२७ सालमा स्थापना भएको हो ।  त्यहाँ कार्यरत्त डा.रमेश शाह भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर र  उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको प्रमुख हुन् । जनशक्ति अभावमा दुई कार्यालयमा उनले नै प्रमुखका रुपमा काम गरिरहेका छन् । भोडाबाख्रा अनुसन्धान कार्यक्रममा तीन जना वैज्ञानिकको दरबन्दी छ । एक जना मात्र कार्यरत छन् । प्राविधिक अधिकृतमा तीन जना दरबन्दी भएकोमा तीनै जना प्राविधिक अधिकृत छैनन् ।  भेडाबाख्रा अनुसन्धान कार्यक्रममा २२ जनाको कर्मचारी दरबन्दी भएकोमा आठ जना कार्यरत छन् । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा १८ जनाको दरबन्दी भएकोमा तीन जना मात्र कार्यरत छन् ।

डा. शाहका अनुसार विभिन्न कृषि तथा पशुवस्तुको अनुसन्धानका लागि चारवटा अनुसन्धान केन्द्र छन् । तर, कुनै पनि अनुसन्धान केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन ।

उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान उच्च पर्वतमा हुने कृषि र पशुमा भइरहेको अनुसन्धानलाई पूर्णता दिने काम हो । २०७१ सालमा स्थापना भएको यो प्रतिष्ठानमा अहिले जनशक्तिको अभाव छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा जुम्लामा स्थापना भएका अनुसन्धान केन्द्रको प्रभावकारीता कम हुदै गएको बताए  ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका