काठमाडौँ, ३ फागुन । केहि समय अघि गीति संग्रह ”जुनीभरिलाई” र उपन्यास ”मृगतृष्णा” सार्वजनिक गरेका गायक र गीतकार एवम् लेखक पूर्ण लामिछाने (अविरल) ले ”भ्यालेन्टाइन डे” को कोसेली स्वरूप ”माया लाईदेउन” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक पूर्ण लामिछाने (अविरल) को सुमधुर स्वर सुन्न सकिन्छ। स्वयम् गायक लामिछाने शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा ”स्माइल”ले संगीतवद्द र संगीत संयोजन गरेका हुन्।
सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। म्युजिक भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन्। पबी भट्टराई निर्मात्री रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो ”नमस्ते प्लस” नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।