काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएकाे छ ।
आज बसेको संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङ गर्दै कांग्रेस नेता महतले एमसीसी इन्डो प्यासेफिक अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताउनुभयाे ।
यसबारे कुनै पनि दलले अन्यथा लिन नहुने बताउँदै पूर्वअर्थमन्त्री महतले भन्नुभयाे, ‘तर अहिले जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको छ । ती भ्रमहरू चिर्न जरुरी छ । तपाईंहरू सबैभन्दा पहिले भ्रम चिर्नतिर लाग्नुस् ।’