शहीद स्मारक ए डिभिजन लिगमा आज पुछारका ४ क्लब भिड्दै • Nepal's Trusted Digital Newspaperशहीद स्मारक ए डिभिजन लिगमा आज पुछारका ४ क्लब भिड्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शहीद स्मारक ए डिभिजन लिगमा आज पुछारका ४ क्लब भिड्दै

शहीद स्मारक ए डिभिजन लिगमा आज पुछारका ४ क्लब भिड्दै

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन ३, २०७८
शहीद स्मारक ए डिभिजन लिगमा आज पुछारका ४ क्लब भिड्दै

काठमाडौं, ३ फागुन । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् ।

लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । त्यसैले दुवै खेल एकै समयमा हुँदैछ ।

ब्रिगेड र च्यासलबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ । यस्तै जावालखेल र फ्रेण्ड्सबीचको खेल पनि १ बजे नै एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

यी चारमध्ये अंकतालिकामा जावालखेल सबैभन्दा अघि रहेकाे छ । जावालखेल १० खेलबाट ८ अंकसहित ११ औं स्थानमा छ । त्यसपछि फ्रेण्ड्स ६ अंक जोडेर १२औं स्थानमा छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका