पोखराका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना युवक पक्राउ • Nepal's Trusted Digital Newspaperपोखराका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना युवक पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखराका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना युवक पक्राउ

पोखराका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना युवक पक्राउ

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन ३, २०७८
पोखराका  विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना युवक पक्राउ

पाेखरा, ३ माघ । कास्की जिल्लाका विभिन्न स्थानबाट लागू औषध सहित ६ जना युवक प्रक्राउ परेका छन् ।  जिल्ला  कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले फागुन १ गते कास्की जिल्लाका विभिन्न स्थानबाट लागू औषध सहित ६ जना युवकहरुलाई पक्राउ गरेको छ ।

जिल्ला कास्की पोखरा महागनरपालिका वडा नं०१ सिमपानीबाट बस्ने वर्ष ३८ का पुर्ण बहादुर जलारी र १७ छोरेपाटन बस्ने वर्ष ३१ का सुर्य बहादुर थापाको साथबाट लागू औषध फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाईजापाम ७० एम्पुल गरी जम्मा २०९ एम्पुल लागू औषध, सहित फेला पारी पारेकाे थियाे ।

जिल्ला कास्की पोखरा महागनरपालिका वडा नं १७ घारीपाटनबाट  बस्ने वर्ष १९ को प्रशन भण्डारी,  वर्ष १९ को अनिस सुनार, वडा नं १५ नयागाउँ बस्ने वर्ष २१ को बिकास नेपाली र जिल्ला स्याङजा बिरुवा गाउँपालिका वडा नं ०८ घर भएका हाल कास्की जिल्ला पोखरा महागनरपालिका वडा नं १५ नयागाउँ बस्ने वर्ष २१ को बिशाल गुरुङ समेतको साथबाट लागू औषध NITRAVAT-10 लेखिएको २१० दुई सय
दश ट्याबलेट र लागू औषध गाँजा ७९० ग्रामसहित प्रहरीले ति युवकहरूलाई  फेला पारेको हाे ।

लागूऔषध सहित फेला परेका ति युवकहरूलाई प्रहरीले नियन्त्रणमा लिई लागूऔषध मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट सात  दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

lagu1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका