काठमाडौं, २ फागुन । पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो ।
६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको छ ।
निकाे हुनेकाे सङ्ख्या २ हजार ३१९ रहेकाे छ भने सक्रिय सङ्क्रमितकाे सङ्ख्या २० हजार ७३९ रहेकाे छ । सङ्ख्या २ लाख १६ हजार १ सय १८ जनाले खाेप लगाएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।