नेकपा अध्यक्ष केपी ओली :- आवेश र उत्तेजनामा निर्णय लिन्नौं • Nepal's Trusted Digital Newspaperनेकपा अध्यक्ष केपी ओली :- आवेश र उत्तेजनामा निर्णय लिन्नौं • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा अध्यक्ष केपी ओली :- आवेश र उत्तेजनामा निर्णय लिन्नौं

नेकपा अध्यक्ष केपी ओली :- आवेश र उत्तेजनामा निर्णय लिन्नौं

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
नेकपा अध्यक्ष केपी ओली :- आवेश र उत्तेजनामा निर्णय लिन्नौं

काठमाडौं, २ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा निर्णय नलिने बताउनुभएकाे छ । बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठकमा ओलीले विवेकपूर्ण निर्णय लिने कुरा बताउनुभएकाे छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाइएपछि एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय भने लिइने बताउनुभएकाे छ ।

‘हामी आवेश र उत्तेजनामा निर्णय लिन्नौं । तर लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिन्छौं’, बैठकमा सहभागी एक सांसदले भन्नुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका