नेकपा एमालेका सांसदहरू :- ''निलिम्बित जबरालाई ‘बोकेर’ चुनावमा जान सकिंदैन'' • Nepal's Trusted Digital Newspaperनेकपा एमालेका सांसदहरू :- ''निलिम्बित जबरालाई ‘बोकेर’ चुनावमा जान सकिंदैन'' • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमालेका सांसदहरू :- ”निलिम्बित जबरालाई ‘बोकेर’ चुनावमा जान सकिंदैन”

नेकपा एमालेका सांसदहरू :- ”निलिम्बित जबरालाई ‘बोकेर’ चुनावमा जान सकिंदैन”

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
नेकपा एमालेका सांसदहरू :- ”निलिम्बित जबरालाई ‘बोकेर’ चुनावमा जान सकिंदैन”

काठमाडौं, २ फागुन । नेकपा एमालेका सांसदहरूले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् ।

जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी छ ।

सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष ओलीले नेतृत्वले जे सुकै सोचेर निर्णय लिएको हुनसक्ने भन्दै त्यसलाई मानेर जानुपर्ने बताएका छन् । यद्यपि के गर्ने भनेर बताएका छैनन् ।

अहिले सांसदहरुले धारणा राखिरहेका छन् । अहिलेसम्म १० जना सांसदले बोलेका र अधिकांशले जबरा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी बोकेर चुनाव जान नसक्ने बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका