नयाँ दिल्ली, २ फागुन । बिग बोसकी प्रतियोगी राखी सावन्त र उनका पति रितेश सिंह छुट्टिने भएका छन्। टिभी अभिनेत्री राखी सावन्तले सामाजिक सञ्जाल पोस्टमार्फत यो जानकारी दिएकी हुन्।
राखी सावन्त र रितेश सिंहको सम्बन्धको चर्चा बिग बोसको अघिल्लो सिजनमा पनि भएको थियो, जब राखीले आफैंले आफ्नो पतिको नाम रितेश सिंह भएको बताएकी थिइन्।
रियालिटी शोको हालैको सिजनमा रितेश सिंह र राखी सावन्त सँगै देखा परेका थिए। उनी बिग बोसको पनि एक हिस्सा थिए र दुईबीचको सम्बन्धलाई लिएर धेरै टिप्पणीहरू पनि आएका थिए।
शोका एन्कर सलमान खानले रितेश सिंहलाई राखी सावन्तसँग राम्रो व्यवहार गर्न चेतावनी दिएका थिए। शोमा कयौं पटक उनीहरु दुबैको श्रीमान् श्रीमतीको सम्बन्धमा पनि प्रश्न उठेको थियो। अब राखी सावन्तले एक इन्स्टाग्राम पोस्टमा दुबैले अलग बस्ने निर्णय गरेको लेखेकी छिन्।
राखीले आफ्नो पोस्टमा लेखेकी छिन्, ”बिग बोसबाट बाहिरिएपछि दुबैले मतभेद सुल्झाउन धेरै प्रयास गर्यौं तर कुरा मिल्न सकेन। यस्तो अवस्थामा दुवैले अलग बस्ने निर्णय गरेका छौं।”