मोरङमा ७० वर्षिय वृद्ध महिलाको हत्या आरोपमा छोरालाई पक्राउ • Nepal's Trusted Digital Newspaperमोरङमा ७० वर्षिय वृद्ध महिलाको हत्या आरोपमा छोरालाई पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मोरङमा ७० वर्षिय वृद्ध महिलाको हत्या आरोपमा छोरालाई पक्राउ

मोरङमा ७० वर्षिय वृद्ध महिलाको हत्या आरोपमा छोरालाई पक्राउ

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
मोरङमा ७० वर्षिय वृद्ध महिलाको हत्या आरोपमा छोरालाई पक्राउ

मोरङ, २ फागुन । मोरङको उर्लाबारीमा एक जना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका ४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभएकाे छ ।

पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले बताएको छ । चिरपट प्रहारबाट गम्भीर घाइते  वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा आइतबार राति १० :२५ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ । हत्यामा संलग्न भएको आरोपमा गङ्गाप्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका