'प्रेम कहाँ हुन्छ ? मुटुमा कि मस्तिष्कमा ?' डा पन्त र डा भट्टले व्यक्त गरेको धारणा • Nepal's Trusted Digital Newspaper'प्रेम कहाँ हुन्छ ? मुटुमा कि मस्तिष्कमा ?' डा पन्त र डा भट्टले व्यक्त गरेको धारणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘प्रेम कहाँ हुन्छ ? मुटुमा कि मस्तिष्कमा ?’ डा पन्त र डा भट्टले व्यक्त गरेको धारणा

‘प्रेम कहाँ हुन्छ ? मुटुमा कि मस्तिष्कमा ?’ डा पन्त र डा भट्टले व्यक्त गरेको धारणा

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
‘प्रेम कहाँ हुन्छ ? मुटुमा कि मस्तिष्कमा ?’ डा पन्त र डा भट्टले व्यक्त गरेको धारणा

काठमान्डाैँ, २ फागुन । आज भ्यालेनटाइन्स डे अर्थात प्रेम दिवस। विशेषगरी प्रेमी-प्रेमिकाहरु एकआपसमा यो दिवस मनाउने गर्छन्। नेपालमा पनि प्रेमी-प्रमिकाहरु यो दिवसलाई कतिले खुलेर मनाउछन् त कतिले लुकेर। प्रेमलाई धेरैले मन र मुटुसँग जोड्ने गर्छन्।

प्रेम मन, मुटु वा मस्तिष्क कहाँ हुन्छ? प्रेमलाई आभास गर्ने र असर पर्ने अंग कुन हो? न्युरोसर्जन डा वसन्त पन्त र मुटुरोग विशेषज्ञ डा यादव भट्टसँग डा जया सत्यालले ‘द यति सो’मा कुराकानी गरेकी छिन्। ‘प्रेम कहाँ हुन्छ मुटुमा कि मस्तिष्कमा?’ भन्ने विषयमा डा सत्यालले गरेको कुराकानीमा डा पन्त र डा भट्टले व्यक्त गरेको धारणा उनीहरुकै शब्दमाः

dr basanta

डा वसन्त पन्त (न्युरोसर्जन)

प्रेम बिनाको जीवन सम्भव नै नहुने त होइन। तर प्रेम भएको जीवन एकदम राम्रो हुन्छ। मान्छेले प्रेमलाई फिल गर्ने कुरा हो। कुनै मान्छेलाई प्रेम भयो भने मान्छेको मुटु धड्किएला। छातिको वरपर ‘फिल’ गर्छ।  जस्तै रिसाउदा, डर लाग्दा ‘फिल’ गर्छ।

प्रेमले मानिसको मुटु वरपर फिल हुने भएकाले मान्छेले प्रेमलाई मुटुमा जोडिदिएको होलान्।

तर वास्तवमा  प्रेम मस्तिष्क (ब्रेन)मा हुन्छ। ब्रेनको फ्रन्टल एरियाको बेसमा प्रेमको सेन्टर छ। त्यसको एमआरआई प्रुभ स्टडिजहरु पनि छ। तर जनमानसमा  प्रेम मुटुसँग यति जोडिएको छ कि ‘म तिमीलाई ब्रेनदेखि माया गर्छु’ भन्यो भने उल्टो बुझिन सक्छ। तर चलनचल्तिमा ‘म तिमीलाई मन, मुटुदेखि माया गर्छु’ भन्ने गरिन्छ।

कुन केमिकलले प्रेम हुन्छ र ठ्याक्कै कुन ठाउँमा हुन्छ भन्ने कुरा चाँही विज्ञानलाई थाहा छ। मस्तिष्कले कसरी काम गर्छ भने मस्तिष्कमा नसाहरु हुन्छन्। दुई वटा नसाको बिचमा ग्याप हुन्छ। त्यसरी नसाहरु शरीर पैतालादेखि मस्तिष्कसम्म जोडिएर गएका हुन्छन्। मस्तिष्कको नसाहरुको बिचमा भएको जुन ग्याप छ त्यहाँ डोपामिन भन्ने केमिकल हुन्छ। त्यो केमिकल प्रेमसँग जोडिएको हुन्छ। हुन त यो अरुसँग पनि जोडिएको छ। डोपामिनले मान्छेलाई फुल फंसन बनाउँछ। डोपामिन राम्रोसँग रिलिज भएको छ भने त्यो मान्छे फुल्ली फंसनल (पूर्ण रुपमा कार्यात्मक) हुन्छ।

त्यसैले कोही मान्छे प्रेममा परेको छ भने उसको व्यवहार, बानी सफा हुन्छ। जीवनमा त्यो व्यक्ति अझै एक्टिभ हुन्छ। जस्तै घरमा कसैको छोरा प्रेममा परेको छ भन्ने उसको कोठा सफासुग्घर हुन्छ। उ आफैं पनि चिटिक्क परेको हुन्छ। उ निकै सक्रिय हुन्छ। डोपामिन भनेको यस्तो खालको केमिकल हो।

प्रेम पनि फरक फरक हुन्छ। कामसँगको प्रेम, श्रीमान्, श्रीमती बीचको प्रेम,  अविवाहित जोडीको प्रेम। तर प्रेम त प्रेम नै हो। प्रेम पछि रिलिज हुने हर्मोन हो। त्यहा फरक हो। तर बेसिक प्रेम चाहे त्यो ढुंगासँग हो, प्रेमिप्रेमिका बीचमा होस् वा बाबुआमासँग त्यो मेकानिजमको प्रेम ब्रेनमै हुन्छ।

प्रेममा पर्ने र नपर्नेहरुको ब्रेन खोलेर हेर्दा संरचना त उस्तै नै हुन्छ। किनकी हामीले ब्रेनको संरचनालाई हेर्छौं। फंसनलाई होइन।
तर के हो भने एमआरआईमा प्रेम भएको, नभएको र भर्खर छुटिएका जोडीको एमआरआईलाई सिरिजमा स्टडिज गरेर हेर्दा प्रेमको सेन्टर देखाएको छ। प्रेम हुँदा कहाँ कस्तो टल्किन्छ भन्ने कुरा देखिएको छ।

जब मान्छे प्रेममा परेको छ त्यो मान्छे एक्टिभ हुन्छ। कतिपय अवस्थामा प्रेम छोटो पनि हुनसक्ला। विछोडको पललाई कतिले पार गर्न सक्लान् कतिले नसक्लान्। होला। जिन्दगीलाई हेर्दा बिछोडको पल मिलिसेकेन्ड हो। मान्छेले त्यो पललाई पार गर्न  सक्यो भने ऊ फेरि रिभाइभ/सर्भाइभ हुनसक्छ।

मैले यो मान्छेबाट यति प्रेम चाहेको छु, र मैले पनि यति नै प्रेम दिन्छु भन्ने सम्झौता हुन्छ भने त त्यो प्रेम नै होइन। जस्तो घरमा पालिएको कुकुरले बाचुन्जेल तपाईंलाई पनि माया दिन्छ। होला उसले पनि खान दिन्छ भन्ने आसा त राख्छ। तर खाना दिएकोले माया गर्ने तर नदिएकोले माया नगर्ने भन्ने हुँदैन। त्यो हिसाबले हेर्दा केही सामान्य हदसम्म गिभ एन्ड टेक होला। प्रेम गर्दा आफूसँग केमेस्ट्री भन्छन् नि म चाँही भाइब्रेसन भन्छु। फ्रिक्वेन्सि मिल्छ भने त्यो मान्छे प्रेममा जान्छ।

dr yadab bhatta

डा यादव भट्ट (कार्डियोलोजिष्ट)

प्रेम भनेको मनको कुरा हो। म कार्डियोलोजिष्ट हुँ। धेरै जस्तो मान्छेले मुटु र प्रेमलाई एउटैतिर गाँस्न खोज्छन्। तर प्रेम भनेको बढी भावनात्मक कुरा हो। मुटु भनेको शरीरको एउटा अंग हो।

तिमी मेरो मुटुमा छौं र मनमा छौं भन्नु फरक कुरा हो। वास्तवमा प्रेम मनमा भएको कुरा सहि हो।

प्रेम बिना जिन्दगी सम्भव छैन। तर प्रेम केमा छ भन्ने कुरा फरक कुरा हो। कसैलाई बोटविरुवामा प्रेम हुनसक्छ। कसैलाई ग्रर्लफ्रेण्ड ब्वाइफ्रेण्डमा हुनसक्छ। कसैलाई कामप्रति प्रेम हुनसक्छ। सादुसन्तुहरुलाई ध्यानमा प्रेम हुनसक्छ। प्रेम भनेको एउटा टार्गेट हो। टार्गेट बिना जीवन सम्भव होलाजस्तो मलाई लाग्दैन।

मान्छेले गर्ने हरेक क्रियाकलाप ब्रेनबाटै कन्ट्रोल हुने हो। तर रियाक्सन वा कहाँ महसुस (फिल) हुन्छ भन्ने कुरा हो। जस्तै कसैलाई डर लाग्दा मुटुमा फिल हुन्छ।  मान्छेलाई पनि प्रेममा पर्दा मुटुबाटै प्रेम गरेको छु भन्ने फिल हुने हो। तर सबै कुराको कन्ट्रोल ब्रेन नै हो। मुटुमा महसुस हुने भएकोले मुटुसँग जोडिएको हो।

कोही तर्सियो भने मान्छेले छाती नै समाउछ किनकि उसको मुटुको धड्कन बढ्छ। मुटुले महसुस गर्छ। ब्रेन चलेको, ब्रेनमा केमिकलहरु प्रवाह भएको मान्छेलाई थाहा हुँदैन। त्यसैले प्रेमलाई मानिसहरुले मुटुसँग बढी जोडेका हुन्।

प्रेम भनेको माया हो। यसको अर्थ प्रेमी वा प्रेमिका बीचमा मात्र प्रेम हुँदैन। प्रेम जे सँग पनि हुनसक्छ। कसैलाई अन्तर्वार्ता दिनु पनि प्रेम हुनसक्छ। प्यासन र प्रेमबीच धेरै सम्बन्ध छ।

सम्बन्ध टुटेर हुने जुन फिलिङ हुन्छ त्यो फिलिङ हुने ब्रेनमै हो तर त्यसको रियाक्सन मुटुमा हुने हो। हामी मन दुख्यो भन्छौं नि मुटु दुख्ने त हार्टअट्याकले मात्रै हो मन दुखेर मुटुमा ‘पेन फिल’ (दुखाईको महसुस) भएको जस्तो हुने मात्र हो।

प्रेमको पनि एक्युट र क्रोनिक फेज हुन्छ। एक्युट भनेको अकस्मात भएको वा केही समयको लागि। यो प्रेमी–प्रेमिकाबीच चल्न सक्छ। यो भनेको ५ वर्ष पनि चल्न सक्छ, १० वर्ष पनि चल्न सक्छ। बाबुआमा वा रिलेटिभसँग हुने प्रेम भनेको क्रोनिक हो। त्यो निरन्तर उस्तै हुन्छ।

मुटु भनेको एउटा अंग हो। त्यसैले एउटा प्रेमिका आओस् वा दुश्मन आओस् मुटु उस्तै हुन्छ। प्रेममा पर्ने र नपर्नेहरुको मुटुको संरचना उस्तै नै हुन्छ।

मनपरेको मान्छे पछि मन नपर्नु भनेको एक्युट विथड्रल होला। नेगेटिभ असर हुने साइकलोजिकल समस्यामा पर्न सक्छ। तर त्यो समयलाई पार गर्न सकेमा मान्छे ९९ प्रतिशत खुसी भएर बाँच्न सक्छ।

प्रेमलाई निःस्वार्थ भनेपनि प्रेमको फाइदा त छ नि। प्रेम गरेपछि मान्छे खुसी हुन्छ। एक्टिभ हुन्छ। सक्रिय हुन्छ। मुड ठिक हुनुपनि धेरै ठूलो फाइदा हो।

 

source:swasthyakhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका