शुक्लागण्डकी पत्रकार मञ्च गठन • Nepal's Trusted Digital Newspaperशुक्लागण्डकी पत्रकार मञ्च गठन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शुक्लागण्डकी पत्रकार मञ्च गठन

शुक्लागण्डकी पत्रकार मञ्च गठन

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
शुक्लागण्डकी पत्रकार मञ्च गठन

तनहुँ, २ माघ । तनहुँको शुक्लागण्डकीमा रहेर पत्रकारितामा क्रियाशिल पत्रकारहरुले ‘शुक्लागण्डकी पत्रकार मञ्च’गठन गरेका छन् । विश्व रेडियो दिवसकाे अवसरमा यहाँका पत्रकारहरुको भेलाले यस क्षेत्रका सञ्चार माध्याममा आवद्ध पत्रकारहरुलाई समेटेर मञ्च गठन गर्ने निर्णय गरेका हुन् ।

भेला मार्फत शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायको संयोजकत्वमा तदर्थ समिति चयन गरेको छ । दुलेगौडामा सम्पन्न भएको भेलाले समितिका सह संयोजकमा ममता गुरुङ्ग रहने गरि नौ सदस्यीय समिती गठन गरेको छ ।

समितीको सदस्यहरुमा राजकुमार आले, अस्मिता खनाल, विनोद ढुंगाना, अशोक विश्वकर्मा, सनिता कार्की, हरि खरेल, करिस्मा विश्वकर्मालाई चयन गरेको छ ।

यस क्षेत्रमा रहेको पत्रकारहरुको एकता र पत्रकारिता क्षेत्रका विकास गर्नका लागि मञ्च सक्रिय रहने संयोजक राजन उपाध्यायले बताएका छन् ।

उपाध्यायले पत्रकारिताका क्षेत्रबाट स्थानीय सरकार र सञ्चार माध्यामको समन्वयलाई प्रभावकारि बनाउन प्रयास गर्ने बताएका छन् । यहाँका पाँच सञ्चारगृहमा कार्यरत पत्रकार र देशका प्रमुख सञ्चार माध्यममा आवद्ध भएका २२ जना पत्रकार रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका