४८ घण्टाभित्र रुससँग छलफल गर्न युक्रेनको आह्वान • Nepal's Trusted Digital Newspaper४८ घण्टाभित्र रुससँग छलफल गर्न युक्रेनको आह्वान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ४८ घण्टाभित्र रुससँग छलफल गर्न युक्रेनको आह्वान

४८ घण्टाभित्र रुससँग छलफल गर्न युक्रेनको आह्वान

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
४८ घण्टाभित्र रुससँग छलफल गर्न युक्रेनको आह्वान

सीमामा जारी विवादबारे वैठक गर्न युक्रेनले रसिया र युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरुलाई आह्वान गरेको छ ।

विदेशमन्त्री दिमित्रो कुलेबाले सीमामा सुरक्षाकर्मीको तैनाथबारे विवरण दिन आफूहरुले गरेको औपचारिक आग्रहलाई रुसले  बेवास्ता गरेको बताए ।  ‘पारदर्शीता’ का लागि रसियाको योजनाबारे आगामी ४८ घन्टाभित्र बैठक गर्न अनुरोध गर्ने अबको ‘अर्को कदम’ भएको उनले बताए ।

युक्रेनको सीमामा एक लाख सुरक्षाकर्मी परिचालन गरे पनि युक्रेनमा अतिक्रमणको योजना नभएको रसियाले बताउँदै आएको छ । तर, केही पश्चिमेली देशहरुले रसियाले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको बताउँदै आएका छन् । मस्कोले ‘जुनकुनै बेला’ हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने अमेरिकाले अनुमान गरेको छ । एक दर्जनभन्दा बढी देशहरुले युक्रेनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्किन आह्वान गरेका छन् । केही देशहरुले राजधानी किभबाट कर्मचारीहरु फिर्ता बोलाएका छन् ।

युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुसको मनसायबारे जवाफ खोजेको बताइएको छ । सम्झौतालाई युरोपमा सहकार्य र सुरक्षाका लागि अन्तर सहरकारी संगठन (ओएससीई) ले स्वीकारेको छ, जसमा रुससमेत सदस्य छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका