काठमान्डाैँ, १ फागुन । पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा जम्मा ४२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी कुल ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । त्यस्तै ३ हजार ९३५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५४४ जना रहेका छन् ।