हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं ,कसैले औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं’:-माधव नेपाल • Nepal's Trusted Digital Newspaperहामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं ,कसैले औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं’:-माधव नेपाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं ,कसैले औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं’:-माधव नेपाल

हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं ,कसैले औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं’:-माधव नेपाल

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं ,कसैले औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं’:-माधव नेपाल

काठमाडौं, १ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन नसक्ने बताउनुभएकाे छ । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएकाे हाे ।

कार्यक्रममा नेता नेपालले भन्नुभयाे ‘हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं र सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नेकपा एकीकृत समाजवादी पार्टी गठनको वैधानिकतामा प्रश्न उठाउँदै आएको छ । यस सम्बन्धी रिट ईश्वर कुमार खतिवडा र पेशी चढेको छ ।

कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभयाे । अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूहरुले चाहेको पनि बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका