महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत: निलम्बित न्यायाधीश कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने • Nepal's Trusted Digital Newspaperमहाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत: निलम्बित न्यायाधीश कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत: निलम्बित न्यायाधीश कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने

महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत: निलम्बित न्यायाधीश कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत: निलम्बित न्यायाधीश कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराविरुद्द संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी स्वत निलम्बनमा पर्नुभएकाे छ। संसद् सचिवालयमा संविधानको धारा १०१ को उपधारा २ बमोजिम आइतबार बिहान प्रधानन्यायाधीशविरुद्द महाअभियोग प्रस्ताव दर्ता भएको हो।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जवरा पदबाट स्वतः निलम्बनमा पर्नुभएकाे छ । वरिष्ठ अधिवक्ता शुशील पन्तले महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जवरा स्वतः निलम्बन हुने बताउनुभयाे। वरिष्ठ अधिवक्ता पन्तले भन्नुभएकाे छ ,‘प्रधानन्यायाधीशको रुपमा राणाले अब काम गर्न पाउँदैनन्।’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बनमा परेपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने हुनुभएकाे छ ।

प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशले कार्यसम्पादन गर्ने परम्पराअनुसार कार्कीले जिम्मेवारी पाउनुहुनेभएकाे छ ।

महाभियोगको टुंगो नलागेसम्म निलम्बनमा रहने र कुनै कामकारवाही गर्न नपाउने संवैधानिक व्यवस्था भएकाले कार्कीले कामको जिम्मेवारी पाउनुहुने भएकाे हाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका