नेपालमा रेडियोको त्यो पहिलो आवाज • Nepal's Trusted Digital Newspaperनेपालमा रेडियोको त्यो पहिलो आवाज • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालमा रेडियोको त्यो पहिलो आवाज

नेपालमा रेडियोको त्यो पहिलो आवाज

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
नेपालमा रेडियोको त्यो पहिलो आवाज

 

सन् १८९५ मा इटालियन वैज्ञानिक जि. मार्कोनीले विद्दुतीय तारबिना आवाज सम्प्रेषण गर्न सफल भएपछि विश्वमा रेडियोको अविष्कार भएको हो । यस रेडियो प्रविधीलाई वायरलेस अथात् बेतार भन्ने गरिन्थ्यो । सन् १९०१ मा माकोर्नीले रेडियो सङ्केतलाई आन्ध्र महासागर वारपार २१०० माइल टाढासम्म सुन्ने बनाएपछि रेडियो प्रविधि विश्वमा फैलिएको हो । विश्वमा औपचारिक रूपमा रेडियो प्रसारण अमेरिकाको पेन्सलभेनिया सहरबाट सन् १९२०मा भएको थियो ।

रेडियो प्रसारणसम्बन्धि विद्युत–चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६०मा प्रतिपादन भएतापनि सन् १९१९मा मात्र रेडियो प्रसारण सुरु भएको हो । अक्टोबर सन् १९१९मा अमेरिकाको पिट्सवर्ग शहरमा वेस्टिङहाउस कम्पनीले पहिलो व्यावारिक रेडियो खोलेको हो । सन् १९२०को दशकमा अमेरिका र बेलायतमा रेडियो प्रसारणले गति लियो ।

यसैक्रममा सन् १९२२ माब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनमा परिणत भयो । नेपालमा अप्रिल सन् १९५० (२० चैत्र २००७) देखि काठमाडौमा औपचारिक रूपमा सरकारी स्तरबाट प्रजातन्त्र नेपाल रेडियो खुलेको हो । यसै रेडियोलाई पछि रेडियो नेपाल नामाकरण गरिएको हो ।

नेपालमा सरकारी स्तरबाट प्रसारण थालिएको झण्डै ५० वर्षपछि गैर सरकारी क्षेत्रमा एफएम प्रविधिको प्रयोग गरी रेडियो प्रसारण गर्नका लागि इजाजत दिने काम सुरु भयो । विस २०५४ मा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै पहिलो गैर सरकारी रेडियो स्टेशन हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका