राप्रपा नेपालका अध्यक्षमा कमल थापा • Nepal's Trusted Digital Newspaperराप्रपा नेपालका अध्यक्षमा कमल थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा नेपालका अध्यक्षमा कमल थापा

राप्रपा नेपालका अध्यक्षमा कमल थापा

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
राप्रपा नेपालका अध्यक्षमा कमल थापा

 

राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी  निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले न्युज कारखानालाई बताए ।

‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आजै आयोगलाई दिएका छौँ । आयोगले पत्र पनि दिइसकेको छ । आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनुभएको छ,’ शेर्पाले भने ।

केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका