पूजा र हवन गर्न अल्लू अर्जुनलाई ज्योतिषको सुझाव • Nepal's Trusted Digital Newspaperपूजा र हवन गर्न अल्लू अर्जुनलाई ज्योतिषको सुझाव • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पूजा र हवन गर्न अल्लू अर्जुनलाई ज्योतिषको सुझाव

पूजा र हवन गर्न अल्लू अर्जुनलाई ज्योतिषको सुझाव

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
पूजा र हवन गर्न अल्लू अर्जुनलाई ज्योतिषको सुझाव

 

दक्षिण भारतीय स्टार अल्लू अर्जुन अहिले चर्चाको विषय बनेका छन् । उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ । फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् ।

यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन् । अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य कस्तो होला भन्ने चिन्ताले सताउन थालेका छन् । किनकि अल्लूको हातमा अझै पनि कैयौं राम्रा प्रोजेक्टहरू छन् ।

ज्योतिषहरूका अनुसार अल्लू यो समय आफ्नो जिन्दगीको उत्कृष्ट फेजमा प्रवेश गरिसकेका छन् । खासगरी करियरको हिसाबले उनी उच्च स्थानमा छन् । करियरलाई राम्रो बनाउन ज्योतिषले अभिनेतालाई विशेष पूजा र हवन गर्न सुझाव दिएका छन् । यी कार्य गरेमा अभिनेताले अवरोधको सामना नगर्नुपर्ने सुझाव ज्योतिषको छ ।

यहीकारण अल्लू अर्जुन आफ्नो परिवारका साथ फार्महाउसमा पूजा गर्दैछन् । त्यसपछि उनी फिल्म ‘पुष्पा २’ को तयारीमा लाग्नेछन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका