क–कसले छाडे छाडे युक्रेन ? • Nepal's Trusted Digital Newspaperक–कसले छाडे छाडे युक्रेन ? • Nepal's Trusted Digital Newspaper

क–कसले छाडे छाडे युक्रेन ?

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
क–कसले छाडे छाडे  युक्रेन ?

पश्चिमा शक्तिहरूले रुसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिएपछि थुप्रै देशहरूले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् ।

अमेरिका, बेलायत, जर्मनी, बुल्गेरिया, पोर्चुगल, अष्ट्रेलिया, न्यूजील्यान्ड, इटली, द नेदरल्यान्ड, इजरायल, जापानलगायत देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।

ह्वाइट हाउसले कुनै पनि बेला आक्रमण हुन सक्ने र त्यो हवाइ बमबारीबाट सुरु हुन सक्ने चेतावनी दिएको छ ।

रुसले भने यस्ता आरोपहरूलाई ‘उत्तेजक परिकल्पना’ भनी टिप्प्णी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो कदमप्रति आपत्ति जनाएका छन् । आक्रमणको चेतावनीले आतंक फैलाउन सक्ने उनको भनाइ छ ।

जेलेन्स्कीले यदि पश्चिमा शक्तिहरूसँग आसन्न आक्रमणको कुनै ठोस योजना भए, त्यो आफूले देख्न बाँकी रहेको पनि बताए । उनले जोखिम छ भन्ने कुरा आफूहरूले पनि बुझेको भन्दै रुसी आक्रमणको सय प्रतिशत भरपर्दो जानकारी भए उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका