''मुक्तक'' • Nepal's Trusted Digital Newspaper''मुक्तक'' • Nepal's Trusted Digital Newspaper

”मुक्तक”

  • समाचारपाटी
  • शनिबार, माघ २९, २०७८
”मुक्तक”

महेन्द्र कुमार खड्का

मुक्तक १
धेरै भयो घर नफर्केको बाटो मैले भुलेको छैन
आफ्नो डिउटी छोडेर म यहाँ शहर डुलेको छैन ।

घर फर्कने चाहना कसको पो हुदैन र नि आमा
बिदा स्वीकृत नभएर आउने मार्ग खुलेको छैन ।

मुक्तक २
एउटाले चुनाव चुनाव भनेर कराउँछ
अर्को चुनाव हुन्छ कि भनेर डराउँछ

कहीँ नभएको जात्रा हाँडी गाउँमा झैं
कोरोनाको खोप यस देशमा हराउँछ

मुक्तक ३
कस्तो दिनमा घर छोडेछु मैले घर फर्कने दिन आएन
भन्छौ होला सबैका आउँदा हाम्रो बाबा किन आएन

फर्कने मन नभएको कहाँ हो र मलाई पनि त घरमा
छोड्न मात्रै आयो जहाज आजसम्म नि लिन आएन

मुक्तक ४
वाल्यकालमा विद्यालय जानलाई उकालो चढेको
वर्षातमा घर आउँदा ओरालोमा चिप्लिएर लडेको

यही हो हेर्नुहोस् न हाम्रो अत्यान्तै सुन्दर विद्यालय
जहाँ मैले क ख ग घ सिक्दै कक्षा ८ सम्म पढेको

फेदिखोला १ विर्ता स्याङ्जा
हाल कतार बाट

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका