काठमान्डाैँ, २९ माघ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भुभागमा आंशिक बदली रहेको छ र तराइका थोरै भू-भागमा हुस्सु कुहिरो रहेको छ।
केही समयदेखि देशमा हुस्सु कुहिरो वर्षा चिसाे माैसमबाट जनजिवन कष्टकर बनेकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।