१ हजार १२८ जनामा कोरोना संक्रमित थपिए,कोरोना संक्रमणबाट १४ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper१ हजार १२८ जनामा कोरोना संक्रमित थपिए,कोरोना संक्रमणबाट १४ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १ हजार १२८ जनामा कोरोना संक्रमित थपिए,कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

१ हजार १२८ जनामा कोरोना संक्रमित थपिए,कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

  • समाचारपाटी
  • शुक्रबार, माघ २८, २०७८
१ हजार १२८ जनामा कोरोना संक्रमित थपिए,कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

काठमाडौं , २८ माघ । पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका