एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने सरकारकाे तयारी • Nepal's Trusted Digital Newspaperएक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने सरकारकाे तयारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने सरकारकाे तयारी

एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने सरकारकाे तयारी

  • समाचारपाटी
  • शुक्रबार, माघ २८, २०७८
एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने सरकारकाे तयारी

काठमाडौं, २८ माघ। सरकारले एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । स्थानीय तहको निर्वाचनका लागि ‘म्यादी प्रहरी छनोट सम्बन्धी मापदण्ड–२०७८’ बनाएर म्यादी प्रहरी भर्नाको तयारी थाल्न लागिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार निर्वाचनमा मौजुदा जनशक्तिले मात्र सुरक्षा व्यवस्था कायम गर्न सम्भव नहुने भएकाले म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । ‘उनीहरुलाई मतदान केन्द्रको सुरक्षामा खटाइनेछ’ मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका प्रमुखसमेत रहेका पोखरेल भन्नुहुन्छ ‘नेपाल प्रहरीको कमाण्डमा रहने गरी उनीहरुलाई खटाउने हो ।’

गृह मन्त्रालयले बनाएको स्थानीय तहको निर्वाचन सुरक्षा योजना–२०७८ अन्तर्गत म्यादी प्रहरी छनोट मापदण्ड बनाएर भर्ना गर्न लागिएको पोखरेलले बताउनुभयाे । हाल नेपाली सेनामा ९७ हजार, नेपाल प्रहरीमा ७९ हजार, सशस्त्र प्रहरी बलमा ३७ हजार र राष्ट्रिय अनुसन्धान विभागमा ३ हजार जनशक्ति छ ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार प्रहरीका कुल जनशक्तिमध्ये ७० प्रतिशत मात्रै निर्वाचनमा प्रयोग हुन्छन्, अन्य नियमित शान्ति सुरक्षाको कार्यमा खटिनुपर्छ । सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा पनि त्यही अनुसार सबै जनशक्ति खट्न समस्या हुने पूर्वगृहसचिव खेमराज रेग्मी बताउँनुहुन्छ ।

गृह मन्त्रालयले बनाएको निर्वाचन सुरक्षा कार्यविधि अनुसार मतपेटिकाको सुरक्षामा नेपाल प्रहरीको टोली खटिन्छ, त्यसपछिको घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहन्छन् । मतदान स्थलको सुरक्षाका लागि बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना खटिन्छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका