अवकाश पाएका सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा खटाउनेबारे गृहकार्य • Nepal's Trusted Digital Newspaperअवकाश पाएका सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा खटाउनेबारे गृहकार्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अवकाश पाएका सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा खटाउनेबारे गृहकार्य

अवकाश पाएका सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा खटाउनेबारे गृहकार्य

  • समाचारपाटी
  • शुक्रबार, माघ २८, २०७८
अवकाश पाएका सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा खटाउनेबारे गृहकार्य

काठमान्डाैँ, २८ माघ । गृह मन्त्रालयकाे नजर पूर्वसुरक्षाकर्मी, निजी सुरक्षागार्ड, नगर प्रहरी, राष्ट्रिय सेवा दलतिर रहेकाे छ।  गृह मन्त्रालयका एक अधिकारीका अनुसार पछिल्लो १० वर्षभित्र अवकाश पाएका सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा खटाउनेबारे गृहकार्य भइरहेको छ ।

नेपाल प्रहरीबाट मात्रै पछिल्लो एक दशकमा १७ हजार जनशक्ति अवकाशमा गएका छन् । ‘नेपाली सेनामा यो संख्या अझै धेरै छ, सशस्त्र प्रहरीको पनि विवरण मगाएका छौं’ एक अधिकारी भन्नुहुन्छ । तर नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसी चाहिँ संगठनबाट अवकाश पाएका मध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको बताउँनुहुन्छ ।

‘अस्थायीरुपमा सेवामा खटिन चाहने भनेको अधिकृतभन्दा तल्लो तहका मात्र हुन्, किनकि सेवा सुविधा नै जवान सरह हुन्छ’ केसीले भन्नुभयाे, ‘त्यो तहका जनशक्ति सुरक्षागार्ड लगायतका काममा खाडी मुलुकहरु पुगिसकेका छन् ।’

सुरक्षा निकायमा काम गरेको अनुभवका आधारमा वैदेशिक रोजगारीमा राम्रो अवसर पाइने भएकाले तल्लो तहमा चाँडै जागिर छाड्ने प्रवृत्ति छ । तर पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी चाहिँ अवकाश प्राप्त सुरक्षाकर्मीबाट नेपालमा भएका केही जनशक्ति लिएर निजी सुरक्षा एजेन्सीहरुका जनशक्तिलाई पनि निर्वाचनमा प्रयोग गर्न सकिने बताउँनुहुन्छ ।

‘सबै पूर्वसुरक्षाकर्मीबाट लिनुपर्छ भन्ने होइन, जिफोर, गरुड जस्ता निजी सुरक्षा निकायबाट पनि प्रयोग गरेर राम्रो प्रतिफल लिन सकिन्छ’ उहाँले भन्नुभयाे, ‘शहरी क्षेत्रमा अहिले निजी सुरक्षागार्डको संख्या धेरै छ, उनीहरुलाई निर्वाचनमा प्रयोग गर्न सकिन्छ ।’

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका