बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएपछि बाजागाजा सहित सिन्दुर जात्रा • Nepal's Trusted Digital Newspaperबालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएपछि बाजागाजा सहित सिन्दुर जात्रा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएपछि बाजागाजा सहित सिन्दुर जात्रा

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएपछि बाजागाजा सहित सिन्दुर जात्रा

  • समाचारपाटी
  • शुक्रबार, माघ २८, २०७८
बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएपछि बाजागाजा सहित सिन्दुर जात्रा

काठमाडौं, २८ माघ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट यही माघ ८ गते हराएको मूर्ति फेला परेको छ । बालकुमारी माईको मूर्ति भेटिएपछि सुनाकोठीवासीले बाजागाजा सहित सिन्दुर जात्रा गरेका छन् ।

प्रहरीले आज बिहान खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर जावलाखेल ल्याएको थियो । मूर्ति भेटिएको समाचार सार्वजनिक भएलगत्तै सुनाकोठीवासी बाजागाजासहित जावलाखेल आएका थिए ।

प्रहरीले गुठीका प्रतिनिधिहरुलाई मूर्ति हस्तान्तरण गरेपछि स्थानीयले बाजागाजा र अबिर लगाइदिंदै खुसी साटे । उक्त मूर्तिलाई सुनाकोठी नै लगिएको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले प्रहरी प्रशासनको दबावमूलक अनुसन्धान, प्राथमिकता र स्थानीयको जागरुकताको कारण मूर्ति फेला परेको बताउनुभएकाे छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति यही माघ ८ गते चोरी भएको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका