काठमान्डाैँ, २८ माघ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागहरुमा आंशिक बदली रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने छ ।
बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिमा भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहि बांकी भु-भागको मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।