काठमाडौं, २७ माघ । पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार २३८ रहेको छ भने कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सक्रिय सक्रंमित २९ हजार ४ रहेका छन् ।